Kathmandu Press

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं, वैशाख १४ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । वैशाख १६ गतेदेखि लागु हुने...
लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं, वैशाख १४ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । 

वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन बन्द गरिएको हो।

कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।

‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ। यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ प्रवक्ता डा.लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ। 

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्