पिसिआर परीक्षण शुल्क तोकिएभन्दा बढी नलिनू : स्वास्थ्य मन्त्रालय
काठमाडौं, वैशाख १४ : तोकेभन्दा बढी पिसिआर परीक्षणको शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ।मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही निजी प्रयोगशालाहरुले...
काठमाडौं, वैशाख १४ : तोकेभन्दा बढी पिसिआर परीक्षणको शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएकाले तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो।
स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले दुई हजार रुपैयाँ शुल्क तोकेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको शुल्कभन्दा कुनै पनि बहानामा थप शुल्क नलिन मन्त्रालय सम्बन्धित सबैमा पुनः जानकारी गराउँछ। यदि लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत् त्यस्ता प्रयोगशालाहरूलाई परीक्षणको सूचीबाट हटाइने छ।’
प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)