जसपाको बैठक निष्कर्षविहीन
काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताको छलफल निष्कर्षमा पुग्न नसकी टुंगिएको छ।पार्टीका शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव,...
काठमाडौं, वैशाख १४ : जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताको छलफल निष्कर्षमा पुग्न नसकी टुंगिएको छ।
पार्टीका शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठको सहभागिता रहेको उक्त बैठक नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेपछि बसेको हो।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज मंगलबार बिहान बसेको छलफलबाट जसपाले कुनैपनि निष्कर्ष निकाल्न नसकेको हो।
पार्टीभित्र दुई धार देखिएको जसपामा ठाकुर र महतो ओली नेतृत्वको सरकारको समर्थनमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन्।
प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)