गन्तव्य गाउँघरतर्फको (फोटो फिचर)
काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु हुने निषेधाज्ञाको पूर्वसन्ध्यामा अध्ययन र रोजगारीमा रहेका अन्य जिल्लाका बासिन्दा धमाधम घर फर्किन थालेका छन्।
काठमाडौं, वैशाख १४ : काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु हुने निषेधाज्ञाको पूर्वसन्ध्यामा अध्ययन र रोजगारीमा रहेका अन्य जिल्लाका बासिन्दा धमाधम घर फर्किन थालेका छन्।
बालाजुस्थित बसपार्कमा गाउँ फर्किनेहरूको ताँती लागेको छ। यस्तै अवस्था कलंकी, कोटेश्वरलगायत लामो दूरीका बस छुट्ने जंक्सनमा यात्रीको भीड बढेको छ।
गत वर्ष लकडाउन घोषणा भएलगत्तै यसरी नै उपत्यकाबाट बाहिरिनेहरूको ताँती लागेको थियो। यसपटक भने सरकारले उपत्यकाबाट बाहिरिन चाहनेहरूका लागि दुई दिन समय दिएको छ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी यात्रु बाहिरिइसकेका छन्।










प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)