Kathmandu Press

प्रहरी प्रधान कार्यालयका ४५ जना प्रहरीलाई कोरोना 

काठमाडौं, वैशाख १४ : नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका...
प्रहरी प्रधान कार्यालयका ४५ जना प्रहरीलाई कोरोना 

काठमाडौं, वैशाख १४ : नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको  हो । 

सोमबारसम्म नेपालभरका ९३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।  

यस्तै, महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयमा पनि २२ जनामा संक्रमण देखिएको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 
ु

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्