Kathmandu Press

जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या दश हजार भन्दा बढी

टोकियो, वैशाख १४ : जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको...
जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या दश हजार भन्दा बढी

टोकियो, वैशाख १४ : जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ। 

यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरस सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो। 

यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ। यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन्। जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा यहाँ सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन्। 

जापानको राजधानी टोकियो र त्यसपछि यहाँका पश्चिमी प्रान्तहरु सहरहरु ओसाका, क्योटो र ह्योगोमा यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गरेका थिए। सो संकटकालपछि यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ। 

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो। यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ। यहाँका अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको बताइएको छ। 
 

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्