Kathmandu Press

जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं, वैशाख  १४ : जनता समाजवादी पार्टी (जसपा० को पदाधिकारी बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको छ। राजनीतिक निकासका लागि छलफल गर्न बैठक बसेको बताइएको...
जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं, वैशाख  १४ : जनता समाजवादी पार्टी (जसपा० को पदाधिकारी बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको छ। राजनीतिक निकासका लागि छलफल गर्न बैठक बसेको बताइएको छ । 

छलफलमा शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भएकाले कुनै निर्णय नभएको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुई मत छन्। ठाकुर र महतो ओली सरकारकै पक्षमा देखिएका छन् भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट हटाउनुपर्ने पक्षमा छन्।

वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन । 

प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्