Kathmandu Press

टर्कीद्वारा पूर्ण लकडाउन घोषणा

अंकारा, वैशाख १४ : कोरोना भाइरस संक्रमणको उच्च प्रसार रोक्न टर्कीले देशव्यापि रुपमा लकडाउन गर्ने घोषण गरेको छ। कारोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि...
टर्कीद्वारा पूर्ण लकडाउन घोषणा

अंकारा, वैशाख १४ : कोरोना भाइरस संक्रमणको उच्च प्रसार रोक्न टर्कीले देशव्यापि रुपमा लकडाउन गर्ने घोषण गरेको छ। कारोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि टर्किले बिहिबारबाट पूर्ण रुपमा लकडाउन गर्ने घोषणा गरेको हो। 

राष्ट्रपति रेजेप तयिप एर्दोगनले टर्किमा २९ अप्रिल बिहीबार देखि मे १७ सम्म देशव्यापी ‘पूर्ण लकडाउन’ हुने घोषणा गरेको बताएका छन। 

टर्कीको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३७ हजार तीन सय १२ संक्रमित थपिएको र तीन सय ५३ को मृत्यु भएको बताएको छ।

मन्त्रिपरिषद्को बैठक पछि सोमबार नयाँ उपायहरूको घोषणा गर्दै राष्ट्रपति एर्दोगनले सबै घरेलु यात्रालाई आधिकारिक स्वीकृति आवश्यक पर्ने, सबै विद्यालयहरू बन्द हुने, र पठनपाठान अनलाइन हुने र सार्वजनिक यातायातका प्रयोगकर्ताहरूको लागि कडा नियम लगाइने बताएका छन्।  

टर्कीका नागरिलाई आवश्यक खाद्यन्न किन्न र तत्काल चिकित्सा उपचार बाहेक घर भित्र बस्नुपर्ने नियम लागु गरिएको छ भने खाद्य तथा उत्पादन क्षेत्रका कर्मचारी र आपतकालीन सेवा कर्मचारी  लगायतका केही समुहहरूलाई छुट दिइनेछ । 

टर्कीमा हाल संक्रमितको संख्या ४६ लाख ६७ हजार दुई सय ८१ छ भने मृत्यु हुनेको संख्या ३८ हजार सात सय ११ छ । त्यस्तै, निको हुनेको संख्या ४१ लाख २१ हजार ६ सय ७१ छ । 

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्