Kathmandu Press

अमेरिकाले अतिप्रभावित मुलुकलाई ६ करोड डोज खोप वितरण गर्ने 

अमेरिकाले अतिप्रभावित मुलुकलाई ६ करोड डोज खोप वितरण गर्ने 

काठमाडौं, वैशाख १४ : कोरोना महामारीसँग जुधिरहेका अतिप्रभावित मुलुकलाई अमेरिकाले ६ करोड डोज भ्याक्सिन दिने भएको छ।

अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका निर्मित खोप उपलब्ध गराउन लागिएको ह्वाइट हाउसले जानकारी दिएको हो।  ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ।

विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई अझै स्वीकृति दिएको छैन। अन्य देशमा अभाव भइरहँदा भ्याक्सिन किनेर प्रयोग नै नगरी राखेको भन्दै अमेरिकाको आलोचना भइरहेको छ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले एस्ट्राजेनेकाको ४० लाख डोज भ्याक्सिन क्यानडा र मेक्सिकोलाई उपलब्ध गराउने बताएका थिए। यी दुवै देशले एस्ट्राजेनेका निर्मित खोप प्रयोग गर्न मञ्जुरी दिइसकेका छन्।
 

प्रकाशित मिति: ०८:४२ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्