Kathmandu Press

प्रिमियर लिगमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई हरायो

प्रिमियर लिगमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई हरायो

काठमाडौं, वैशाख १४ : इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएको क्रिष्टल प्यालेसले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्‍यो। १२औँ मिनेटमा विल्फ्रेड जाहाको गोलबाट प्यालेसले अग्रता लिए पनि लेस्टरले पुनरागमन गरी नतिजा आफ्नो पक्षमा पारेको हो।

लेस्टर सिटीको जितमा तिमोथी कास्ताग्नेले ५०औँ  र केलिची इहिनाचोले ८०औँ मिनेटमा गोल गरे। लेष्टरले पहिलो हाफको १२ औँ मिनेटमा जाहाले गोल गरेका थिए। जितपछि ३३ खेलबाट ६२ अंक बनाएको लेस्टर सिटी तेस्रो स्थानमा छ ।

समान खेलबाट चेल्सी ५८ अंककासाथ चौथो स्थानमा छ। पाचौँ स्थानमा रहेको वेस्ट ह्यामको ३३ खेलबाट ५५ अंक छ। 

प्रकाशित मिति: ०८:२४ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्