भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २७ सयको मृत्यु

काठमाडौं, वैशाख १४ : भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ।
पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १९ हजार ४३५ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख ५२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २७ सय ६४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ९७ हजार ८८० पुगेको छ।
संक्रमितमध्ये एक करोड ४५ लाखभन्दा बढी निको भइसकेका छन् भने २८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: ०७:२१ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)