Kathmandu Press

आन्तरिक उडान तत्काल बन्द नहुने

काठमाडौं, वैशाख १३ : कोरोना संक्रमण बढ्दै गएको भए पनि तत्काल आन्तरिक उडान बन्द नहुने भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान...
आन्तरिक उडान तत्काल बन्द नहुने

काठमाडौं, वैशाख १३ : कोरोना संक्रमण बढ्दै गएको भए पनि तत्काल आन्तरिक उडान बन्द नहुने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान तत्काल बन्द नगर्ने निर्णय गरेको हो। आन्तरिक उडानमा स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गराइने भएको छ।

काठमाडौं उपत्यका र अन्य केही जिल्लामा मात्रै निषेधाज्ञा लागू भएकाले देशका अन्य शहरमा आवतजावतका लागि आन्तरिक उडान आवश्यक भएको जनाएको छ। भैपरी आउने आवतजावतका लागि पनि नागरिकलाई सहज होस भनेर आन्तरिक उडान बन्द नगर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

कोरोना संक्रमणले प्रतिकूल अवस्था सिर्जना भएमा भने जुनसुकै बेला पनि हवाइ उडानबारे थप निर्णय गर्न सकिने जनाएको छ।

यससँगै तत्काल अन्तर्राष्ट्रिय उडान पनि बन्द नहुने भएको छ। विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न लगाइने भएको छ।

प्रकाशित मिति: २१:३६ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्