Kathmandu Press

खाद्य पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ सम्म खोल्न पाइने

काठमाडौं, वैशाख १३ : काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गरे पनि खाद्यान्न पसल भने निश्चित समयमा खोल्न पाइने भएको छ।काठमाडौं, ललितपुर र...
खाद्य पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ सम्म खोल्न पाइने

काठमाडौं, वैशाख १३ : काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गरे पनि खाद्यान्न पसल भने निश्चित समयमा खोल्न पाइने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै खाद्यान्न पसले बिहान १० बजेसम्म खोल्न पाइने जनाएका छन्। त्यस्तै, बेलुका पनि ५ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ।

त्यहि अवधिमा दैनिक आवश्यक उपभोग्य सामान खरिद गर्न सकिनेछ। सामान खरिद गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

त्यस्तै, डिपार्टमेन्टका ग्रोसरी कक्ष भने बिहान १० देखि ५ बजेसम्म खोल्न पाइनेछ। त्यहाँ पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपनेछ।

औषधि पसल भने निषेधाज्ञाको समयमा दिनभर खोल्न पाइनेछ।

प्रकाशित मिति: २१:०३ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्