देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द
काठमाडौं, वैशाख १३ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका...
काठमाडौं, वैशाख १३ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यसअघि कोरोनाको उच्च जोखिम रहेका ४० स्थानीय तहका विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो।
अन्यत्र पनि संक्रमण जोखिम रहेकाले देशभरकै विद्यालय बन्द गर्ने निर्णय भएको एक मन्त्रीले बताए। पछिल्लो समय बालबालिकामा संक्रमण बढी देखिएको र उनीहरुबाट संक्रमण फैलिन सम्भावना धेरै भएकाले विद्यालय बन्द गर्नु परेको ति मन्त्रीको भनाइ छ। अब मंगलबारदेखि नै देशभरका विद्यालय बन्द हुनेछन्।
त्यस्तै, सबै प्रकारका परीक्षा पनि स्थगित गरिएको छ। सीसीएमसीको सिफारिशमा तत्कालका लागि सबै प्रकारका परीक्षा स्थगित गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले निषेधाज्ञा सम्बन्धी सीसीएमसीको सिफारिश पनि पारित गरेको छ। जसमा पहाडी क्षेत्रमा दुई सय र शहरी क्षेत्रमा पाँच सय सक्रिय संक्रमित नाघेमा प्रमसख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सकिने व्यवस्था गरिएको छ।











-1790332718.jpg)