निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन?
काठमाडाैं उपत्यकाका तीन जिल्लामा वैशाख १६ देखि २२ गतेसम्मकाे निषेधाज्ञाको समयमा गर्न पाइने र नपाइने क्रियाकलाप निर्धारण गरिएकाे छ।
काठमाडौं, वैशाख १३ : कोरोना भाइरसको संक्रमण बढेपछि पहिलो चरणमा काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।
काठमाडौं, ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेका क्रियाकलापमा रोक लगाएका छन्। निषेधाज्ञाको अवधिमा गर्न पाइने र नपाइने क्रियाकलाप निर्धारण गरेको छ।
निषेधाज्ञामा गर्न पाइने काम
?विवाह, व्रतबन्ध गर्न पाइने तर १५ जनासम्म मात्रै सहभागी हुनुपर्ने, जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने।
?अत्यावश्यक सामग्री बोकेका सवारी साधन, विारमी र कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधान चलाउने पाउने।
?अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खोनपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधानमा विषय उल्लेख गरी सञ्चालन गर्न पाइने।
?सरकारी कार्यालयलगायत सर्वाजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट सवारी पास लिएर चलाउन पाइने।
?विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधन सीडीओबाट पास लिएर चलाउन पाइने।
?अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हवाइ टिकट, पासपोर्ट, भिसा हुनेलाई एयरपोर्ट जान पाउने
?बिरामी, कुरुवा, मृत्यु संस्कारमा सहभागी हुने सवारी साधान सीडीओबाट पास लिएर चलाउन पाइने।
?खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चलाउनु पाइने।
?डिपार्टमेन्ट स्टोर बिहान १० देखि बेलुका ५ सम्म खोल्न पाइने।
?सरकारी कर्मचराी, बैंक, वित्तीय संस्थाका कर्मचारीले परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने।
?सञ्चारकर्मीले सूचना विभागको पासका आधारमा आवतजावत गर्न पाउने।
निषेधाज्ञामा गर्न नपाइने काम
?सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार गर्न नपाइने।
?सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्युटि पार्लस, जिमखाना सञ्चालन गर्न नपाइने।
?समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने।
?सार्वजनिक सवारी साधन चलाउन नपाउने।
?खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द।
?अत्यावश्यक बाहेका सर्वाजनिक सेवा बन्द।











-1790332718.jpg)