३५५६ संक्रमित थपिए, १२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभर कुल १३ हजार २ सय ९३ जनाको परीक्षण गरिएकामध्ये पीसीआर विधिबाट ३ हजार ४ सय ४२ र एन्टिजेन विधिबाट १ सय १४ जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, वैशाख १३ : पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभर कुल १३ हजार २ सय ९३ जनाको परीक्षण गरिएकामध्ये पीसीआर विधिबाट ३ हजार ४ सय ४२ र एन्टिजेन विधिबाट १ सय १४ जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो।
यस्तै देशभर १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उपत्यकामा मात्र १ हजार ९१२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जना छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ सय ७८ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:२८ बजे, सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790332718.jpg)