त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, वैशाख १३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक क्याम्पस तथा सम्बन्धनप्राप्त कलेजका वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। त्रिवि...
काठमाडौं, वैशाख १३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक क्याम्पस तथा सम्बन्धनप्राप्त कलेजका वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। हाल सञ्चालन भइरहेका र सञ्चालनको प्रकृयामा रहेका सबै परिक्षा स्थगित हुने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
भोलि अर्थात् वैशाख १४ गते मंगलबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परिक्षा स्थगित गरिएको मंगलबार जारी सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)