Kathmandu Press

कोरोनाका कारण गण्डकीमा चारजनाको मृत्यु

पोखरा, वैशाख १३ : कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका दुई तथा स्याङ्जा र...
कोरोनाका कारण गण्डकीमा चारजनाको मृत्यु

पोखरा, वैशाख १३ : कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका दुई तथा स्याङ्जा र म्याग्दीका एकएकजना रहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय कोरोना संक्रमितको आज (सोमबार) बिहान करिब ६ बजे मेडिप्लस अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। वैशाख ७ गते कोरोना पुष्टि भएका उनी कोभिड-१९ सँगै पल्मुनरी अरेस्टबाट ग्रस्त थिए । 

Hardik ivf

त्यस्तै पोखरा-१ की ५५ वर्षीया महिलाको पनि उपचारकै क्रममा मृत्यु भएको छ। वैशाख ११ गते संक्रमण पुष्टि भएकी उनको आज (सोमबार) मध्यान्ह मेडिप्लस अस्पतालमा ज्यान गएको हो। उनमा निमोनियाको समस्या रहेको जनाइएको छ। 

स्याङ्जा वालिङ नगरपालिका-१२ का ५८ वर्षीय संक्रमित पुरुषको पनि आज ज्यान गएको छ। लुम्बिनी मेडिकल अस्पतालमा उनको ज्यान गएको हो। उनमा वैशाख ११ गते संक्रमण देखिएको थियो।

त्यस्तै वैशाख १२ गते संक्रमण पुष्टि भएको म्याग्दी रघुंगगा गाउँपालिका–३ का ७८ वर्षीय संक्रमितको पोखरामा उपचारका क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ।

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्