Kathmandu Press

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।
गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल

काठमाडौं, वैशाख १३ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले तीनवटा दलका तर्फबाट मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभाको विश्वास छैन भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति मुख्यमन्त्री गुरुङले समर्थन गरेको, अल्पमतमा पर्दा पनि राजिनामा नदिएको र प्रदेशमा तीन वर्षमा उल्लेख्य कुनै काम गर्न नसकेकोलगायत कारणले गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु परेको पोखरेलले उल्लेख गरे ।

अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु भएको छ ।
 

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्