Kathmandu Press

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय लिन प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

काठमाडौं, वैशाख १३: गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय लिन प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।

२ वैशाखमा कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव आउने सुइँको पाएका मुख्यमन्त्री गुरुङले १ वैशाख मध्यरातदेखि नै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गराएका थिए ।

विपक्षी दलहरूले दर्ता गरेको समावेदनअनुसार प्रदेश प्रमुख अमिक शेरचनले सोमबारदेखि सुरु हुने गरी विशेष अधिवेशन आह्वान गरेका थिए ।

अहिले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव प्रस्तुत गर्दैछन् ।
 

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्