Kathmandu Press

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा, के खुल्छन्, के बन्द हुन्छन् ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुने भएको छ।
काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा, के खुल्छन्, के बन्द हुन्छन् ?

काठमाडौं, वैशाख १३ : काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुने भएको छ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो। तीनमध्ये एक प्रजिअका अनुसार कोरोना प्रसार रोक्न बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने सहमति भएको छ।

निषेधाज्ञाका बेला सार्वजनिक यातायात बन्द रहने छन्। होटेलहरू बन्द रहने छन् तर घर-घरमा खाना डेलिभरी गर्ने ‘टेक अवे’ सेवा सञ्चालनमै रहने छ।

बाटोमा हिँडडुलमाथि प्रतिबन्ध नलगाइने तर समूहमा हिँड्न नदिइने ती प्रजिअले जानकारी दिए।
 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्