Kathmandu Press

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

सुर्खेत, वैशाख १३ : कोरोना संक्रमणको दोस्रो लहरले तीव्रता लिएसँगै अवस्था भयावह बन्न थालेको छ । कर्णाली प्रदेश पनि यसबाट आक्रान्त बन्दै गइरहेको...
सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

सुर्खेत, वैशाख १३ : कोरोना संक्रमणको दोस्रो लहरले तीव्रता लिएसँगै अवस्था भयावह बन्न थालेको छ । कर्णाली प्रदेश पनि यसबाट आक्रान्त बन्दै गइरहेको छ।

त्यसकारण कर्णलीको राजधानी सुर्खेतमा एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ। कोरोना सङ्क्रमण अनियन्त्रित हुन नदिन जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज (सोमबार) बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

यहाँ यही वैशाख १४ गते राति १२ बजेदेखि एक साता निषेधाज्ञा जारी हुनेछ। नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

अत्यावश्यक सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बंैक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।

संक्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयार हुन निर्देशन दिइएको र सुर्खेतमा आइसोलेसन निर्माणको पहल भइरहेको छ।

भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका संक्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिए। 
 

बर्दियामा  पनि निषेधाज्ञा

छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न बर्दियामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

प्रकाशित मिति: १३:३० बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्