शनिबार र आइतबार सरकारी कार्यालय बिदा दिन सिफारिस
कोरोना प्रसारको जोखिम कम गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
काठमाडौं, वैशाख १३ : कोरोना प्रसारको जोखिम कम गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
सातामा दुई दिन बिदा दिँदा सार्वजनिक स्थलाम भीडभाड कम हुने सीसीएमसीको भनाइ छ।
त्यसबारे सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ। अन्य दिन पनि न्यूनतम संख्यामा कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न पनि सीसीएमसीले सिफारिस गरेको छ। र, संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्न पनि सुझाइएको छ।
यस्तै, निजीक्षेत्रका व्यापार व्यवसाय बन्द गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरूलाई दिन सुझाव दिइएको छ। सहरमा पाँच सय र गाउँमा दुई सयजना संक्रमित पुष्टि भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्न सक्ने अधिकारी प्रत्यायोजन गर्न भनिएको छ।
प्रकाशित मिति: १३:१५ बजे, सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)