Kathmandu Press

स्पिनर आश्विन आइपिएलबाट बाहिरिँदै 

स्पिनर आश्विन आइपिएलबाट बाहिरिँदै 

नयाँदिल्ली, वैशाख १३ : भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेक छन्। 

परिवारका सदस्यहरु कोभिड-१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताए। स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दैछन्। आश्विनले गरेको ट्वीटमा ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो’ उल्लेख छ। 

भारतमा कोरोनाभाइरसको महामारी तीव्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ। दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ। 

प्रकाशित मिति: १२:४२ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्