Kathmandu Press

बंगलादेशद्वारा भारततर्फ दुई साता सिमाना बन्द 

ढाका, वैशाख १३ : भारतमा कोरोना भाइरस संक्रमणको उच्च वृद्धिसँगै बंगलादेशले भारतसँगको आफ्नो सिमाना बन्द गर्ने घोषणा गरेको छ । बंगलादेशले (आज) सोमबारबाटै...
बंगलादेशद्वारा भारततर्फ दुई साता सिमाना बन्द 

ढाका, वैशाख १३ : भारतमा कोरोना भाइरस संक्रमणको उच्च वृद्धिसँगै बंगलादेशले भारतसँगको आफ्नो सिमाना बन्द गर्ने घोषणा गरेको छ । बंगलादेशले (आज) सोमबारबाटै भारतसँगको सिमाना बन्द गर्ने घोषणा गरेको हो।

अत्यावश्यक सामानको ढुवानीबाहेक सोमबारदेखि १४ दिनसम्म लागु हुने गरी बंगलादेशले प्रतिबन्धको घोषणा गरेको बंगलादेशका परराष्ट्र मन्त्री एके अब्दुल मोमेनले बताएका छन् । 

भारतमा रहेका बंगलादेशी नागरिकहरूलाई तीन विशिष्ट सीमा केन्द«मार्फत घर फर्कन दिइने बंगलादेशको विदेश मन्त्रालयले बताएको छ।  
बंगलादेशमा १४ अप्रिलबाट लागु भएको देशव्यापी लकडाउनपछि सबै अन्तर्राष्ट्रिय उडान हालसम्म प्रतिबन्ध गरिएको छ । 

बंगलादेशमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ४५ हजार ३ सय २२ छ भने मृत्यु हुनेको संख्या ११ हजार ५३ छ । त्यस्तै, निको हुने संख्या ६ लाख ५७ हजार ४ सय ५२ रहेको छ। 

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्