Kathmandu Press

कोभिडग्रस्त भारतलाई दुनियाँभरिबाट सहयोग, अमेरिकाले हटायो कच्चा पदार्थमा लगाएको प्रतिबन्ध

कोभिडग्रस्त भारतलाई दुनियाँभरिबाट सहयोग, अमेरिकाले हटायो कच्चा पदार्थमा लगाएको प्रतिबन्ध

काठमाडौं, वैशाख १३ : कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् ।

भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ। यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन्। भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँदैछन्।

त्यहाँ लकडाउन लम्ब्याइएको छ। भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको छ। यसबीच छिमेकी बाङ्लादेशले सङ्क्रमण फैलनबाट रोक्न सोमवारदेखि भारतसँगको सिमाना बन्द गर्ने बताएको छ।

भारतमा दैनिक करिब साढे तीन लाख थप सङ्क्रमित भेटिएको अनि २७ सय भन्दा धेरैको ज्यान गएको आइतवार जनाइएको छ। अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ।

प्रकाशित मिति: ०८:५७ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्