म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि
काठमाडौं, वैशाख १३ : म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा टोटेनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै...
काठमाडौं, वैशाख १३ : म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा टोटेनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि हात पारेको हो ।
सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा खेलेको सिटीका लागि खेलको ८२ औं मिनेटमा लापोर्टेले गोल गरेका थिए।
यससँगै सिटीले आठौँपटक काराबाओ कपको उपाधि जितेको छ । सिटीले लिभरपुलसँग काराबाओ कपको सर्वाधिक उपाधि जित्ने क्लबको बराबरी गरेको छ।
प्रकाशित मिति: ०७:३० बजे, सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











