भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकैदिन ३ लाख ५४ हजारमा संक्रमित

काठमाडौं, वैशाख १३ : भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक ठुलो संख्यामा वृद्धि हुन थालेको छ ।
पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज पनि लगातार संक्रमितको संख्या ३ लाख नाघेको छ । आज भारतमा हालसम्मकै धेरै पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि (आइतबार) वैशाख १२ मा भारतमा दोस्रो धेरै ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ ।
हालसम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमामा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ भने पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ८०६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ०७:१५ बजे, सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












