Kathmandu Press

उपत्यकाका तीन जिल्लाका सिडिओको बैठक आज, निषेधाज्ञाबारे निर्णय हुने 

काठमाडौं, वैशाख १३ : काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।कोरोना संक्रमितको संख्या...
उपत्यकाका तीन जिल्लाका सिडिओको बैठक आज, निषेधाज्ञाबारे निर्णय हुने 

काठमाडौं, वैशाख १३ : काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूको बैठक बस्न लागेको हो ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।

यी तीन वटै जिल्लामा हाल पाँच सयभन्दा बढी संक्रमित रहेका छन्। कोरोना जोखिम र आवश्यक पर्ने कदमबारे छलफल गरी निर्णयमा पुग्ने बताईएको छ ।

यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ। कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ।

प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्