Kathmandu Press

गण्डकी प्रदेशको विशेष अधिवेशन आज, के होला मुख्यमन्त्री गुरुङको पद ? 

काठमाडौं, वैशाख १३ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरू हुने भएको छ । दिउँसो २ बजे बोलाईएको अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास...
गण्डकी प्रदेशको विशेष अधिवेशन आज, के होला मुख्यमन्त्री गुरुङको पद ? 

काठमाडौं, वैशाख १३ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरू हुने भएको छ । दिउँसो २ बजे बोलाईएको अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुने छ ।

गण्डकी प्रदेशको सोमबार शुरु हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुन लागेको हो । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति दिईसकेको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्नेछन्। त्यसपछि अन्य सांसदले बोल्ने कार्यक्रम रहेको छ । छलफल सकिए पछि बढीमा ३ दिनमा अविश्वासको प्रस्ताव टुंगो लाग्ने छ। अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ। राष्ट्रिय जनमोर्चाले प्रस्तावमा हस्ताक्षर गरेको छैन, तर मतदानमा सघाउने प्रतिवद्धता जनाएको छ।

२७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका छन्।  मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्ने कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा प्रतिबद्धता जनाएका छन्।

६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ मत आवश्यक पर्छ। एमालेको २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्। राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसद रहेका छन् । 

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्