Kathmandu Press

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश

काठमाडौं, वैशाख १२ : कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको छ।आइतबार बसेको सीसीएमसीको बैठकले सबै परीक्षा स्थगित...
सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश

काठमाडौं, वैशाख १२ :कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको छ।

आइतबार बसेको सीसीएमसीको बैठकले सबै परीक्षा स्थगित गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिश गर्ने निर्णय गरेको हो। जेठमा हुने एसईई परीक्षाका विषयमा भने केही निर्णय भएको छैन।

एसईई परीक्षा आउन अझै समय रहेकाले निर्णय नगरिएको जनाएको छ। त्यस विषयमा पछि निर्णय लिइने सीसीएमसीका एक सदस्यले बताए।

सरकारले यस अघि सीसीएमसीकै सिफारिशमा काठमाडौं उपत्यका लगायत देशका ४० स्थानीय तहका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। ति स्थानीय तहमा भर्चुअल माध्यमबाट पठनपाठन गर्न निर्देशन दिएको थियो।

आज बसेको सीसीएमसीको बैठकले थप कडाइ गर्नुपर्ने निष्कर्ष निकाल्दै परीक्षा स्थगित गर्न सिफारिश गर्ने निर्णय गरेको हो। परीक्षा कारण पनि भीडभाड बढेको सीसीएमसीको निष्कर्ष छ।
 

 

प्रकाशित मिति: २०:४२ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्