Kathmandu Press

शहरमा ५ सय संक्रमित नाघे निषेधाज्ञा

शहरमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेमा निषेधाज्ञा लगाउन सिफारिश गरिएको छ।
शहरमा ५ सय संक्रमित नाघे निषेधाज्ञा

काठमाडौं, वैशाख १२ : शहरमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेमा निषेधाज्ञा लगाउन सिफारिश गरिएको छ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शहरमा पाँच सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा लगाउनु पर्ने सरकारलाई सिफारिश गरेको हो।

सक्रिय संक्रमित ५ सयभन्दा बढी पुग्दा नियन्त्रण बाहिर जाने भएकाले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लगाउनका लागि आदेश गर्न सरकारलाई सिफारिश गरेको हो।

त्यस्तै, पहाडी जिल्लामा भने दुई सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञाका लागि आदेश गर्नुपर्ने सिफारिश गरिएको छ। सीसीएमसीले गरेको सिफारिश अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि यो लागू हुनेछ।

सीसीएमसीको बैठकमा सहभागीले लकडाउनका विषयमा पनि छलफल गरेका थिए। तत्काल लकडाउनको विकल्पका रुपमा अन्य प्रतिबन्धात्मक उपाय अपनाउन पर्ने सदस्यहरुले धारणा राखेको जनाएको छ।

 

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्