अस्पतालले अक्सिजन सिलिन्डर किन्नुपर्ने, सरकारले पछि रकम दिने
काठमाडौं, वैशाख १२ : कोरोना संक्रमितको संख्या बढेसँगै सबै अस्पतालहरूले बेड संख्याका आधारमा अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
काठमाडौं, वैशाख १२ : कोरोना संक्रमितको संख्या बढेसँगै सबै अस्पतालहरूले बेड संख्याका आधारमा अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २५ देखि ५० बेडको अस्पतालले २० वटा, १ सय बेडको अस्पतालले ३५ वटा, २ सय बेडको अस्पतालले ५० वटा र सबै मेडिकल कलेज वा ५ सय बेडको अस्पतालले कम्तिमा १ सय वटा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्नुपर्नेछ।
ती अस्पतालले सिलिन्डर खरिद गरेको रकम मन्त्रालयले नै शोधभर्ना गर्ने र एउटा सिलिन्डरबापत अस्पतालले २० हजार पाउने मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयले तत्काल २० हजार ठूला अक्सिजन सिलिन्डर ल्याउने गरी तयारी अगाडि बढाएको छ। त्यसका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई लेखी पठाइएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १८:०९ बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)