कांग्रेस केन्द्रीय समितिको बैठक बुधबारका लागि सारियो
काठमाडौं, वैशाख १२ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भोलि (सोमबार) बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक एक दिन पछाडि सारिएको छ।सभापति शेरबहादुर देउवा निवासमा...
काठमाडौं, वैशाख १२ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भोलि (सोमबार) बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक दुई दिनपछाडि सारिएको छ।
सभापति शेरबहादुर देउवा निवासमा आइतबार बसेको पदाधिकारी बैठकले सोमबारको बैठक स्थगित गरेर वैशाख १५ गते बुधबार राख्ने निर्णय गरेको हो। सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गरेर बुधबार मात्र बैठक बस्ने निर्णय भएको जनाइएको छ।
पदाधिकारी बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको उचित व्यवस्थापन गर्ने विषयमा छलफल भएको बताइएको छ। विदेशमा रहेका महाधिवेशनका मतदातालाई अबदेखि समावेश नगर्ने विषयमा पनि छलफल भएको बताइएको छ।
बैठकले ओली सरकारको विकल्प दिन कांग्रेस नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष पनि निकालिएको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)