काठमाडौंमा मात्रै ११३२ कोरोना संक्रमित थपिए
काठमाडौ, वैशाख १२ : आइतबार काठमाडौँ उपत्यकामा एक हजार चार सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।भक्तपुरमा ९६, ललितपुरमा दुई सय ७० र...
काठमाडौ, वैशाख १२ : आइतबार काठमाडौँ उपत्यकामा एक हजार चार सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
भक्तपुरमा ९६, ललितपुरमा दुई सय ७० र काठमाडौंमा एक हजार एक सय ३२ गरी उपत्यकामा मात्रै एक हजार चार सय ९८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।
अहिले देशभरी ६९ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै, गत २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १९ हजार तीन सय ८२ रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:४७ बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)