Kathmandu Press

थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाकाे मृत्यु

पीसीआर विधिबाट तीन हजार ३२ र एन्टिजेन विधिबाट ९० गरी कुल तीन हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाकाे मृत्यु

काठमाडौं, वैशाख १२ : पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय २२ जना कोरोना संक्रमित थपिएका छन्। 

पीसीआर विधिबाट तीन हजार ३२ र एन्टिजेन विधिबाट ९० गरी कुल तीन हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ। 

यस्तै भक्तपुरमा ९६, ललितपुरमा दुई सय ७० र काठमाडौंमा एक हजार एक सय ३२ गरी उपत्यकामा मात्रै एक हजार चार सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

अहिले देशभरी ६९ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै, गत २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १९ हजार तीन सय ८२ रहेको छ।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्