Kathmandu Press

ह्विप उल्लंघन गर्ने कर्णाली एमालेका चार सांसद हटाइएको पत्र सचिवालयमा दर्ता

सुर्खेत, वैशाख १२ : कर्णाली प्रदेशसभामा एमालेका चार सांसदको पद गुम्ने भएको छ। एमाले संसदीय दलले पार्टी ह्विप उल्लंघन गरेको भन्दै आफ्ना चार सांसदलाई...
ह्विप उल्लंघन गर्ने कर्णाली एमालेका चार सांसद हटाइएको पत्र सचिवालयमा दर्ता

सुर्खेत, वैशाख १२ : कर्णाली प्रदेशसभामा एमालेका चार सांसदको पद गुम्ने भएको छ। एमाले संसदीय दलले पार्टी ह्विप उल्लंघन गरेको भन्दै आफ्ना चार सांसदलाई प्रदेशसभा सदस्यबाट निस्कासन गरेको पत्र आइतबार प्रदेशसभामा सचिवालयमा दर्ता गराएको छ।

पार्टी ह्विपविपरीत मतदान गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार बचाउन भूमिका खेलेको आरोप उनीहरूमाथि लगाइएको छ। पदमुक्त हुने सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा हुन्। 

नेकपा एमाले महाधिवेशन आयोजक कमीटीको १० वैशाखमा बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उनीहरूलाई कर्णाली प्रदेशसभा एमाले संसदीय दलले वैशाख ३ र एमाले दसौं महाधिवेशन आयोजक कमिटीले वैशाख ६ गते स्पष्टीकरण सोधेका थिए।

उनीहरू अब संसदीय दलको सदस्य, प्रदेश सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने संसद सचिवालयमा दर्ता गरिएको पत्रमा उल्लेख छ।

 

प्रकाशित मिति: १६:०० बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्