Kathmandu Press

परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक गर्ने १० जना पक्राउ 

विराटनगर, वैशाख १२ : पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको आरोपमा विश्वविद्यालयका कर्मचारीसहित  १० जना पक्राउ परेका छन्...
परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक गर्ने १० जना पक्राउ 

विराटनगर, वैशाख १२ : पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको आरोपमा विश्वविद्यालयका कर्मचारीसहित  १० जना पक्राउ परेका छन् । 

विश्वविद्यालयको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घन्टाअघि प्रश्नपत्र बाहिरिएको थियो।

पक्राउ पर्नेमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन् ।

पक्राउ परेका कोमलप्रसाद गौतम विश्वविद्यालयको फोटोकपी फाँटमा काम गर्ने कार्यालय सहायक हुन्। अरु विद्यार्थी हुन्।

विश्वविद्यालयको फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर पुर्‍याएको मोरङ प्रहरीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार उनीहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्