Kathmandu Press

इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

बग्दाद, वशाख १२ : इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको...
इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

बग्दाद, वशाख १२ : इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ। 

स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी शुरु भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो।

दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ। अस्पतालहरुमा औषधि र शैयाको पनि अभाव छ। 

Hardik ivf

उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यक्त भएको छ। प्रधानमन्त्रीले आगलागीको कारणका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन्। 

आगलागी हुँदा उक्त अस्पतालमा कोभिड–१९ का सख्त बिरामी ३० जनालाई राखिएको थियो। 

मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए। अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागभाग गरेका दृश्यहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए।

अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो। कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो।

अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। तर कम्तीमा ५० जनालाई आगोले पोलेको छ । 

इराकमा बुधबार कोभिड–१९ का बिरामीको संख्या १० लाख नाघेको छ। यो अरब मुलुकमै सबैभन्दा बढी हो। 

इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएयता हालसम्म १५ हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। करिब चार करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ। 

मन्त्रालयका अनुसार इराकका कम्तीमा दुई लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन्। 


 

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, वैशाख १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्