Kathmandu Press

आज सीसीएमसीको बैठक बस्दै, लकडाउनबारे छलफल हुने

काठमाडौं, वैशाख १२ : कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको बैठक आज (आइतबार) दिउँसो ३ बजे सिंहदरबारमा बस्दैछ।हिजो (शनिबार) मात्र प्रधानमन्त्री केपी...
आज सीसीएमसीको बैठक बस्दै, लकडाउनबारे छलफल हुने
फाइल तस्बिर

काठमाडौं, वैशाख १२ : कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको बैठक आज (आइतबार) दिउँसो ३ बजे सिंहदरबारमा बस्दैछ।

हिजो (शनिबार) मात्र प्रधानमन्त्री केपी ओलीलाई  सीसीएमसीका अधिकारीहरुले कोरोना महामारीको अवस्थाबारे  जानकारी गराएका थिए। त्यसक्रममा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा मानवीय गतिविधि ठप्प पार्न सुझाएको थियो। त्यसबारे थप छलफलका लागि आज निर्देशक समितिको बैठक बोलाइएको हो।

बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए त्यसको निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने जनाइएको छ।

आजै बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै निर्देशक समिति सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउनको सम्भावना नरहेको तर स्थानीय तहसँग समन्वय गरेर आंशिक लकडाउन भने हुन सक्ने जनाएका थिए।

प्रकाशित मिति: १४:१२ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्