Kathmandu Press

जर्जियाका सभामुखद्वारा राजीनामा

तिब्लिसी, वैशाख १२ : जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। ‘सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक...
जर्जियाका सभामुखद्वारा राजीनामा

तिब्लिसी, वैशाख १२ : जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। 

‘सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ,’ उनले भनेका छन्।

सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा पनि आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसिरहन नसकेको उनले बताएका छन् । 

सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ। तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका थिए । 

उनी सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत हुन् । 
 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्