Kathmandu Press

युरोपतर्फ हिँडेका १३० जना आप्रवासी लिबियाली तटीय जलक्षेत्रमा डुबेको आशंका

कायरो, वैशाख १२ : युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन्। आजभोलि मौसम...
युरोपतर्फ हिँडेका १३० जना आप्रवासी लिबियाली तटीय जलक्षेत्रमा डुबेको आशंका

कायरो, वैशाख १२ : युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरु लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन्। 

आजभोलि मौसम केही न्यानो भएकाले आप्रवासीहरु भूमध्यसागर पार गरेर अवैध रुपमा युरोपतर्फ प्रस्थान गर्ने गर्दछन्। 

मानवीय सहायता संस्थाहरुले आप्रवासीको जीवन रक्षा गर्न लिबियाली तटीय रक्षक र युरोपेली अधिकारीहरु अक्षम रहेको आरोप लगाएका छन्। एक जना लिबियाली तट रक्षक अधिकारीले आफूहरुले डुङ्गाको खोजी गरेको तर सीमित स्रोतसाधनका कारण सम्भव नभएको प्रतिक्रिया दिएका छन् । 

Hardik ivf

ओसन भाइकिङ नामको उद्धार जहाज चलाउने एसओएस मेडिटेरिनीले बिहीबार करिब १३० जना सवार डुबेको रबर डुङ्गा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखा परेको जनाएको छ। 

उद्धारकर्ताहरुले दुर्घटना भएको ठाउँमा १० जनाको शव बाहेक अरु कसैलाई पनि भेट्टाउन सकेका थिएनन्। 

समुद्रमा जोखिमपूर्ण यात्रा गर्ने आप्रवासीलाई जोगाउन युरोपेली युनियनका मुलुकहरु र लिबियामध्ये को बढी जिम्मेवार हुनुपर्ला भन्ने यस घटनाले प्रश्न उब्जाएको छ।

एसएसओएसका अनुसार यसै वर्ष ३५० जना भूमध्यसागरमा डुबिसकेका छन्। उक्त संस्थाले समुद्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारहरु असफल रहेको आरोप लगाएको छ।

सन् २०११ देखि नेटो समर्थित आन्दोलनबाट लिबियाली नेता मोउमर गद्दाफीको मृत्यु भएपछि लिबियाको जलक्षेत्रबाट ठूलो संख्यामा द्वन्द्वग्रस्त अफ्रिकी र मध्यपूर्वका मुलुकका आप्रवासीहरु युरोप प्रवेश गर्न थालेका छन्। मानव तस्करहरुले कमजोर डुङ्गामा चढाएर आप्रवासीलाई भूमध्यसागर पार गराउने जिम्मा लिने गरेका छन् । त्यसक्रममा डुङ्गाहरु बीचमै डुब्ने गरेपछि बर्सेनि सयौंको मृत्यु हुने गरेको छ।

अन्तर्राष्ट्रिय अप्रवासन संगठनले पनि यसै वर्ष सन् २०२१ को शुरुदेखि हालसम्म ३०० भन्दा बढी व्यक्ति भूमध्यसागरमा डुबेको जनाएको छ। 

हालैका वर्षहरुमा युरोपेली युनियनले लिबियाको तटीय रक्षक र अन्य स्थानीय समूहहरुलाई भूमध्यसागरको कठिन मार्गबाट युरोपतर्फ प्रस्थान गर्न नदिन मद्दत गरिरहेको छ।
 

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, वैशाख १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्