कोरोना नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्रीलाई राप्रपा अध्यक्ष थापाको सुझाव
काठमाडौं, वैशाख १२ ः राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा...
काठमाडौं, वैशाख १२ ः राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुन सुझाव दिएका छन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले आइतबार सामाजिक सञ्जालमार्फत काेराेना कहरका कारण उत्पन्न दुःखको बेला जनताले सरकारबाट भरोसा खोजिरहेकाले त्यसतर्फ ध्यान दिन सुझाएका हुन्।
‘केही समय उदघाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रम प्रम @kpsharmaoli लाई आग्रह गर्दछु,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ। यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्नबुझ्न चाहन्छन्। दुःखको बेला जनता भरोसा खोजिरहेछन्।’
प्रकाशित मिति: १३:५४ बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)