Kathmandu Press

तत्काल देशव्यापी लकडाउन हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ‌, वैशाख १२ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्।देशभरि लकडाउन हुने हल्ला चलिरहेका बेला उनले देशव्यापी लकडाउन गर्ने पक्षमा...
तत्काल देशव्यापी लकडाउन हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ‌, वैशाख १२ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्।

देशभरि लकडाउन हुने हल्ला चलिरहेका बेला उनले देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नरहेको तर ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्ने स्पष्ट पारे।

अर्थतन्त्रमा लकडाउनको प्रभाव नपरोस् भन्ने चाहना सरकारले राखेको उनको भनाइ थियो। सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्ने सोच सरकारले बनाएकाे उनले बताए। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान सम्पन्न एमालेको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले कोरोना संक्रमण रोकथामका लागि सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने निर्णय पनि गरिएको जानकारी दिए।

अस्पतालहरुमा अक्सिजन अभाव हुन सक्ने सम्भावना रहेकाले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चलाउन, खोप अभियानलाई विस्तार गर्न आवश्यक पहल गर्ने निर्णय पनि भएकाे उनले बताए।

विदेशबाट आउनेहलाई क्वारेन्टिनम राख्न स्थानीय तहहरुसँग समन्वय गरिने उनले बताए। 

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्