Kathmandu Press

सेतो मछिन्द्रनाथको जात्रा सम्पन्न (फाेटाे फिचर)

लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा राखिएको हो। यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ।
सेतो मछिन्द्रनाथको जात्रा सम्पन्न (फाेटाे फिचर)

काठमाडौं, वैशाख १२ : सेतो मछिन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा अन्त्य भएको छ। लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा राखिएको हो। यस वर्ष सेतो मछिन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमिदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरुआत हुन्छ। पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्‍याइन्छ। जात्राको चाैँथाे दिन शुक्रबार लगनमा सेतो मछिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो। चौँथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मछिन्द्रनाथलाई जनबहालमा फर्काई शनिबार रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मछिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मछिन्द्रबहालमा ल्याएर चौँथो दिन अन्त्य गरिन्छ। पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मछिन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ। यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ।

Hardik ivf

प्रकाशित मिति: १२:५० बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्