आजदेखि भेरोसेल खोप काठमाडौंका यी केन्द्रबाट दिइँदै
काठमाडौं, वैशाख १२ : चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउनका लागि आइतबार तीन खोप केन्द्र तय गरिएको छ।आइतबार निजामति अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल,...
काठमाडौं, वैशाख १२ : चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउनका लागि आइतबार तीन खोप केन्द्र तय गरिएको छ।
आइतबार निजामति अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल, बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुरमा भाइरोसेल खोप दिईने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले जनाएको छ ।
यस्तै सोमबार देखि परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल र हिमाल अस्पताल, ज्ञानेश्वरमा खोप लगाइने छ।
साथै वीर अस्पताल, महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु र त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने कार्य भईरहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:०६ बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


