भक्तपुरमा पनि नेपाल समूहको समानान्तर कमिटी
एमाले नेपाल-खनाल समूहले भक्तपुरमा पनि रञ्जन केसी अध्यक्ष रहेको एक सय एक सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ।
काठमाडौं, वैशाख १२ : एमाले नेपाल-खनाल समूहले भक्तपुरमा पनि रञ्जन केसी अध्यक्ष रहेको एक सय एक सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ।
उपाध्यक्षमा प्रेमानन्द श्रेष्ठ र पुरुषोत्तम लामिछाने, सचिव श्याम बस्नेत र उपसचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन्। यस्तै, सूर्यविनायक नगर इन्चार्जमा दीपक विशुंके, सह-इन्चार्ज दीपेन्द्रराज खत्री, भक्तपुर नगर इन्चार्ज रामगोपाल चगुठी र मध्यपुर थिमि नगर इन्चार्ज प्रेमानन्द श्रेष्ठ, सह-इन्चार्ज राजभाइ जयना, चाँगुनारायण नगर इन्चार्ज पुरुषोत्तम लामिछाने र सह-इन्चार्ज वासुदेव खड्का चयन भएका छन्।
संगठन विभाग प्रमुख श्याम बस्नेत, प्रचार विभाग प्रमुख निरव थापा र उपप्रमुख दिनेश कार्की, पार्टी स्कुल विभाग पुरुषोत्तम लामिछाने, आर्थिक विभाग राजेन्द्र श्रेष्ठ, युवा इन्चार्ज दीपक थापा र सह-इन्चार्ज निराकर भारती, विद्यार्थी इन्चार्ज लालबहादुर रोकाया, खेलकुद इन्चार्ज दिलिप केसी, महिला विभाग प्रमुख रीता अवाल र उपप्रमुख सरिता खत्री, सहकारी विभाग देवरत्न न्यौपाने र मुक्ति समाज इन्चार्ज बलराम बोगटी र सह-इन्चार्ज उत्तम परियार चयन भएका छन्।








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


