एमाले ओली पक्षको आकस्मिक केन्द्रीय कमिटी बैठक
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहको केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका छन्।
काठमाडौं, वैशाख १२ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहको केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका छन्।
ओलीले केन्द्रीय कमिटीलाई दशौँ महाधिवेशन तयारी समिति नाम दिएका छन्।
आइतबार बिहान १० बजेदेखि बैठक सुरु हुने उनी निकट स्रोतले जानकारी दिएको छ। बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन।
यसअघि ओली समूहले माधवकुमार नेपाल-झलनाथ खनाल समूहलाई बाइपास गर्दै १९ सदस्यीय स्थायी कमिटी घोषणा गरेको थियो। यस्तै, उक्त समूहका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ।
प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


