Kathmandu Press

कोरोनाबाट संविधानसभा सदस्य सिद्दिकीकाे निधन

नेपालगन्ज, वैशाख ११ : कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ।उनको उपचारका क्रममा शनिबार साँझ निधन भएको भेरी अस्पतालले जनाएको...
कोरोनाबाट संविधानसभा सदस्य सिद्दिकीकाे निधन

नेपालगन्ज, वैशाख ११ : कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ।

उनको उपचारका क्रममा शनिबार साँझ निधन भएको भेरी अस्पतालले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिका–३ की ६५ वर्षीय सिद्दिकीको शनिबार ७ः३० बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए।

डा. थापाका अनुसार सिद्दिकीलाई गत चैत २८ गते कोरोना संक्रमण भएको थियो। उनी त्यही दिन अस्पताल भर्ना भएकी थिइन्।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज निधन भएको हो। उनलाई मधुमेहको समस्या रहेको जनाएको छ।

उनी २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेकी थिइन्। नेपाली कांग्रेसबाट संविधानसभामा सदस्य बनेकी थिइन्।

समाजसेवा र मानव अधिकारका क्षेत्रमा सक्रिय सिद्दिकीका दुई छोरा र एक छोरी छन्।

प्रकाशित मिति: २१:०१ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्