Kathmandu Press

कोरोना मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।  शनिबार प्रधानमन्त्री...
कोरोना मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।  

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को टोलीसँगको छलफलमा कोरोना मापदण्ड पालना नगर्नेलाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताएका हुन्। सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले कडाइका साथ मापदण्ड पालना गराउनुपर्नेमा जोड दिए।

सीसीएमसीको टोलीले सरकारले वैशाख ६ गते जारी गरेको मापदण्ड पालना नभएको निष्कर्ष निकालेको छ। त्यहिअनुसार, प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको थियो।

प्रधानमन्त्री ओलीले कडाइका साथ मापदण्ड पालना गराउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले बताए। उनका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले थप के गर्नुपर्छ भन्ने विषयमा प्रस्ताव ल्याउन सीसीएमसीलाई पनि दिर्नेशन दिएका छन्।

सरकारले वैशाख ६ गते जारी गरेको मापदण्डमा २५ जनाभन्दा बढी भेला नगर्नुपर्ने उल्लेख छ। तर, प्रधानमन्त्री ओली आफै नेकपा (एमाले)को केन्द्रीय समिति बैठक गर्दै आएका छन् भने भीड जम्मा गरेर उद्घाटन तथा शिलान्याश गरिरहेका छन्।

आज पनि भीडभाडबीच धरहराको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा कयौं मानिस सहभागी थिए।

 

प्रकाशित मिति: २०:१४ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्